ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना महामारी : इटलीमा ६८२० र स्पेनमा ३४३४ जनाको मृत्यु        

२०७६ चैत, १२  
अन्तरराष्ट्रिय
NA

चैत १२, म्याड्रिड । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर ४ लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या बुधवार साँझसम्ममा १९ हजार ७४८ पुगेको छ ।

सङ्क्रमणको प्रभाव शुरुमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा संक्रमितको संख्या बढ्ने क्रम देखिएको छ ।

संक्रमणका कारण मृत्यु हुनेको संख्या इटलीमा ६ हजार ८२०, स्पेनमा ३ हजार ४३४ पुगेको छ भने चीनमा ३ हजार २८१ रहेको छ । चीनमा पछिल्ला केही हप्तादेखि नयाँ संक्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ संक्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले बताएको छ ।

संक्रमणका कारण विरामी परेका ४ लाख ४० हजार १४५ मध्ये १ लाख ११ हजार ९४२ जना निको भएर घर फर्केका छन् । त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको संक्रमण देखिएको छ भने २ लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको संक्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

यूरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा २ हजार ७७, फ्रान्समा १ हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ । रासस / एएफएपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्