ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोनाविरुद्ध लड्न प्रत्येक जिल्लालाई रू. ५० लाख

२०७६ चैत, १३  
प्रदेश ०२
NA


जनकपुरधाम (अस) । प्रदेश २ सरकारले कोरोना भाइरसविरुद्ध लड्न पूर्व तयारीका लागि विपद् व्यवस्थापन कोषमार्फत प्रत्येक जिल्लालाई रू. ५०्५० लाख दिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रदेशका आठै जिल्लाका विपद् व्यस्थापन कोषलाई उक्त रकम दिने भएको हो । यस्तै, सरकारले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रू. २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रू. २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रू. ५ लाख उपलब्ध गराइसकिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । उनका अनुसार समाजिक विकास मन्त्रालयमार्फत कोरोना सम्बन्धि क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई रू. १२ लाख, जिल्ला अस्पतालहरूलाई रू. ५्५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्तिकेन्द्रलाई औषधि र ‘पर्सनल केयर इक्वीपमेन्ट’का लागि रू.१० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रू. ५ लाख, जनचेतनामूलक प्रचार प्रसारका लागि स्वास्थ्य निदर्शे नालयलार्इ  रू. ५ लाख छुट्ट्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्