ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बीमाको किस्तामा बिलम्ब शुल्क नलाग्ने

२०७६ चैत, १३  
समाचार
NA

काठमाडौं (अस) । बीमा समितिले बीमाको किस्तामा बिलम्ब शुल्क नलिन कम्पनीहरूलाई आग्रह गरेको छ । कोराना भाइरसका कारण अत्यावश्यक बाहेकका सेवाहरू बन्द रहुञ्जेलसम्मका लागि किस्ता भुक्तानीमा लाग्ने उक्त शुल्क नलिन आग्रह गरेको हो । समितिले सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र किस्तामा व्याज नलाग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । त्यस्तै समितिले निर्जीवन बीमातर्फ बीमालेखको अवधि समाप्त हुनुअघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित हुने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्