ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिक्षण अस्पतालले कोरोना टेली हेल्थ सेन्टरबाट परामर्श दिने

२०७६ चैत, १३  
समाचार
NA

काठमाडौं (अस) । त्रिवि शिक्षण अस्पतालले टेली हेल्थ सेन्टर सञ्चालन गरी सर्वसाधारणलाई कोरोना रोगबारे परामर्श दिने भएको छ । अस्पतालले मंगलवार सूचना जारी गरी लकडाउनको समयमा स्वास्थ्यसम्बन्धी घरबाटै परामर्श लिन सकिने सेवा सञ्चालन गरेको हो । यसका लागि अस्पतालको हटलाइ नम्बर ०१–४४१००३४ वा जुमएपको आइडी ८०६१५०९३२४ मा सम्पर्क गरी आफूले चाहेको रोगको परामर्श लिन सकिने अस्पतालले बताएको छ । हटलाइन नम्बरमा सम्पर्कपछि विभिन्न रोगसम्बन्धी छुट्टाछुट्टै २० नम्बर प्राप्त गर्न सकिनेछ र ती नम्बरबाट सेवाग्राहीले परामर्श लिन सक्नेछन् । अस्पतालकाअनुसार कोरोनासहित नाक, कान तथा घाँटी, छालारोग, मनोरोग, नसारोगको बारेमा परामर्श लिन सकिनेछ । यो सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्