ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चितवनमा ‘लकडाउन’को असर : दूध संकलन हुनै छाड्यो 

२०७६ चैत, १३  
वाग्मती प्रदेश
NA

चितवन (अस) । सरकारले कोराना भाइरसको रोकथाम र नियन्त्रण गर्न देशव्यापी रूपमा लकडाउन गरेपछि यसको प्रत्यक्ष असर दुग्ध व्यवसायमा पनि परेको छ । यसअघि माग र आपूर्ति सन्तुलन भए पनि काठमाडौंमा आउने सवारी र दुग्ध उद्योग बन्द हुँदा दूध संकलन हुनै छाडेको हो । 

कृषकले दूध उत्पादन गरे पनि अधिकांश डेरी र अन्य पसल बन्द हुँदा दूध वितरणमा समस्या परेको उनीहरूको गुनासो छ । व्यावसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे भरतपुर दुग्ध संकलन केन्द्रले दूध नै नलिँदा समस्या परेको बताउँछन् । ‘दूधको उत्पादन छ, के गर्नु संकलन केन्द्रले लिन मान्दैनन् ।’ उनका अनुसार डीडीसीको संकलन केन्द्रले नै दूध नलिएकाले समस्या भएको हो । दूध संकलन नहुनुका साथै चोकर दाना पनि पाउन छाडिएको उनको भनाइ छ, जसकारण एकतर्फ उत्पादित दूध विक्री हुन सकेको छैन भने पशुचौपायालाई समेत बचाउन गाह्रो परिरहेको छ । 

काठमाडौंबाट दूध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरू पनि बन्द भएकाले आफूहरू थप चिन्तित भएको कृषकहरूको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले दूध संकलन र वितरणलाई  कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको विषय रहेको बताउँछन् । ‘एक त उपभोक्ता नै घरबाहिर निस्कन छाडिसके,’ उनले भने, ‘अर्को कुरा सरकारले यसको सही व्यवस्थापन गर्न सकेन ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्