ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्जका प्रत्येक वडामा खाद्यान्न र तरकारी विक्रीस्थल तोकिने

अत्यावश्यक सेवा सञ्चालन सहज भएन : व्यवसाय

२०७६ चैत, १३  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । कोरोना संक्रमण फैलिन नदिन आह्वान गरिएको लकडाउनको बेला सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु विक्री गर्ने पसल खुला राख्न भने पनि स्थानीय सरकार र प्रहरी प्रशासनले सहजीकरण नगरेको आरोप व्यवसायीले लगाएका छन् । सरकारले पसल खोल्न निर्देशन दिएको अवस्थामा उपभोग्य वस्तुको ढुवानी र उपभोक्ताको आवागमन व्यवस्थित बनाइनुपर्ने माग उनीहरूले गरे । 

वीरगञ्ज महागरपालिकाले दैनिक उपभोग्य वस्तुको विक्रीवितरण सहज बनाउन सुरक्षा निकाय र उद्यमी व्यवसायीसित बुधवार गरेको छलफलमा सहभागी व्यवसायीले यस्तो बताएका हुन् । यस्ता वस्तु खरीदविक्री हुने स्थानमा भीडभाड हुन नदिई उपलब्ध गराइनुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए । 

औषधी, ग्यास, तरकारी तथा खाद्यान्न विक्रीवितरण असहज भएको व्यवसायीले बताए । उपभोग्य वस्तु खरी गर्न हिँडेका उपभोक्ता र विक्रेतालाई प्रहरीले हप्काउँदै दुव्र्यवहार गरेको गुनासो सहभागीले गरे । ग्यास उद्योगी मनोज दासले ग्यास बोक्ने गाडीलाई समेत प्रहरीले रोकेर दुःख दिएको बताए ।  

नगरका विभिन्न स्थानमा भीडभाड हुन नदिई अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउने तयारी थालिएको वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । ग्यास, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु पाउन कठिन भएको र चर्को मूल्यवृद्धि भएको गुनासो आएपछि महानगरपालिकाले सम्बन्धित सबैलाई बोलाएर यस्ता वस्तु सहजरूपमा उपलब्ध गराउने वातावरण बनाउन आग्रह गरेको सरावगीले बताए । 

महानगरपालिकाका ६ स्थानमा तरकारी विक्री गर्ने र एउटा वडामा चारओटा खाद्यान्न पसल सञ्चालन गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले जानकारी दिए । 

यसैबीच, वीरगञ्जका मुख्य सडक वीरगञ्ज महानगरपालिकाले वारुणयन्त्र लगाएर सफाइ गरेको छ । पाउरहाउस, मुर्ली, घण्टाघर, आदर्शनगरदेखि छपकैयासम्मका मुख्य सडक पखालिएको वीरगञ्जका नगरप्रमुख सरावगीले बताए ।

कन्टेनरमा आएका क्वारेन्टाइनमा
कन्टेनरमा लुकेर वीरगञ्ज आइपुगेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा बुधवार बिहान वीरगञ्ज आइपुगेका उनीहरूलाई कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्न क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले बताए । 

उनीहरूमा कोरोना भाईरसको संक्रमण भए नभएको यकिन भएपछि मात्रै छोडिने उनले जानकारी दिए । कन्टेनर चालक कलैया–३ का शिवनारायण महरालाई संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 

एकजना भारतीयसहित पर्सा, बारा र रौतहटका उनीहरू चितवन र मकवानपुरबाट घर फर्किन कन्टेनरमा लुकेर आएका थिए । लकडाउनका कारण सवारीका साधन नचलेपछि कन्टेनर चालकलाई २०० रुपैयाँका दरले भाडा बुझाएर आएका उनीहरू चढेको कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चेकजाँचमा कडाइ
वीरगञ्जलगायत गाउँगाउँमा लकडाउन प्रभावकारी बनाउन सुरक्षाकर्मीले चेकजाँच कडा बनाएको छ  । सडकमा एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, उपभोग्य सामग्री ढुवानी गर्ने मालवाहक सवारीसाधन बाहेक अन्य सवारीसाधन चलेनन् । 

पर्सामा लकडाउन उल्लंघन गर्ने १७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । बारामा १३ जना पक्राउ परेका छन् । यस्तै ११९ ओटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्