ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

च्याँखेमा गभर्नर पद

२०७६ चैत, १३  
१० वर्ष अघि
NA

राष्ट्र बैंकको गभर्नर बन्नका लागि धेरैजना दौडधुपमा लागे पनि सबैभन्दा प्रबल दाबेदार को हो भन्ने टुंगो लागिसकेको देखिँदैन । हेरौं न त को होला  अबको गभर्नर ?

प्रधानमन्त्री नेपालले आफ्ना दुई भाइहरूलाई लाभका पदमा नियुक्ति दिएजस्तै अर्थमन्त्री पाण्डे पनि आफ्नै सहोदर दाजु राजेन्द्रलाई सुटुक्क गभर्नरको नाम सिफारिसकर्ता बनाउन नखोजेको होइनन्, तर प्राविधिक कारणले त्यो कुरो अड्किएको बुझिन्छ ।

जेहोस्, एमाले प्रधानमन्त्री र एमाले नै अर्थमन्त्री भएपछि गभर्नर पनि एमाले नै हुने प्रबल सम्भावना छ । एमालै भएकै कारण गभर्नर पदको प्रबल दाबेदार मानिएका एमालेमध्ये एकजना छन् योजना आयोगका एक डाक्टर । अनि अर्का छन् राष्ट्र बैंककै डेपुटी गभर्नर भइसकेका अर्का डाक्टर र एउटा सरकारी बैंकको व्यवस्थापक पनि रहेका एक जना राष्ट्र बैंककै पूर्वनिर्देशक । 

तर, यी तीन भाइ एमालेका गभर्नर बन्ने बाटो रोकिएला जस्तो छ । एमालेभित्र अब आफ्ना भाइभतिजा वा भान्जा बाँकी नभेटिएपछि (सबै कतै न कतै नियुक्ति भइसके) प्रम नेपालले हाल कुनै पनि कार्यकारी पदमा रहिरहेको एमालेलाई चाहि“ गभर्नर नबनाउने भनेर उर्दी जारी गरेको बुझिएको छ । त्यसकारण माथि उल्लिखित तीनमध्ये पहिलो नम्बरका उम्मेदवार सुरुमै आउट ⁄ अनि माथिका तीन जना मध्ये पछिल्ला उम्मेदवार पनि आउट अरे ⁄ किनभने उनलाई लक्ष्मी एन्ड जित कम्पनीले का“धमा बोकेकाले उनले गभर्नर बन्न नपाउने गरी जात गइसकेछ अरे ⁄ अब पाण्डे पण्डितले आफ्ना विश्वाशपत्र रुद्रजीलाई पुरेत थापेर रुद्री पूजा लगाएर यी उम्मेदवारको जात फिर्ता गर्न भ्याएछन् भने भिन्दै कुरा हो । 

(तीतोमीठोबाट)
वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्