ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अनलाइनमा जाने बेला

२०७६ चैत, १३  
पाठक विचार
NA

मुलुक लकडाउनमा छ । यति बेला कामधामका लागि घरबाहिर जान सक्ने अवस्था छैन । किनमेल गर्न जान पनि खतरा छ । यो समय देशलाई डिजिटाइज गर्ने मौका पनि आएको छ । हरेक संकटभित्र अवसर पनि हुन्छ । जसले त्यो अवसर उपयोग गर्छ त्यसले प्रगति गर्छ । त्यसैले हामीले पनि अहिलेको संकटलाई अनलाइन गतिविधि बढाउने अवसर बनाउन सक्नुपर्छ ।

कार्यालयका धेरै काम घरबाट गर्न सकिन्छ । अहिले पत्रिकाहरूले यसको अभ्यास शुरू गरिसकेका छन् । केही बैंक र आईटी कम्पनीहरूले पनि यसको शुरुआत गरेका छन् । घरभित्र बसेर पनि अन्य थुप्रै काम गर्न सकिन्छ । यो समय डर र त्रासमा बस्नुभन्दा अनलाइनबाट केके काम गर्न सकिन्छ त्यतातिर ध्यान जानु आवश्यक छ । अध्ययन अध्यापनको काम, छलफल र अन्तरक्रियाका काम पनि अनलाइन गर्न सकिन्छ । अहिले सबैभन्दा बढी समस्या आपूर्तिमा परेको छ । आपूर्तिलाई सहज बनाउन अनलाइन डेलिभरी दिने कम्पनीहरूलाई सरकारले पनि प्रोत्साहन दिनुपर्छ । त्यसो भयो भने सडकमा धेरै मान्छे निक्लनु पर्दैन र प्रविधिको उपयोग पनि गर्न सकिन्छ । त्यस्तै अहिले डाक्टरहरूले पनि अनलाइन परामर्श दिन सक्छन् । औषधिको आपूर्ति पनि यसैबाट गर्न सकिन्छ । 

विश्वव्यापी रूपमा भएको परिवर्तनको शैलीले घरमै बसेर अफिसको काम को शुरुआत भएको छ । खास गरेर सूचनाप्रविधिको प्रयोगले गर्न सकिने कामहरू अहिले घरबाटै भएका छन् । 

भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले पनि अहिले कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ । पैसाबाट कोरोना भाइरस सर्न सक्ने खतरा रहेको भन्दै सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्न भनेको छ ।

कार्यालयमा जुन वातावरणमा कर्मचारीले काम गरेको हुन्छ, त्यस्तो वातावरण घरमा हुन मुश्किल पर्छ, जसले गर्दा घरबाट काम गर्दा बढी समय लाग्छ । तर, बिस्तारै बानी परेपछि कार्यालयमा गरेजस्तै गरी काम गर्न सकिन्छ । अहिले धेरैसँग इन्टरनेटको पहुँच छ । त्यसो हुँदा अत्यधिक मानिसस“ग कारोबार गर्न निकै सहज छ । त्यसैले यो संकटमा यसलाई अवसर बनाउन सरकारले प्रोत्साहन दिनुपर्छ । साथै, प्रविधिका क्षेत्रमा काम गर्नेले यो समय यसका लागि उपयोग गरेर नया“ उपाय पत्ता लगाउन प्रयास गर्नुपर्छ ।

हरीश माथेमा
ताहाचल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्