ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अपर्याप्त कदम

२०७६ चैत, १३  
पाठक विचार
NA

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन मात्र पर्याप्त छैन । बाहिरबाट थुप्रै मानिस भित्रिएका र तीमध्ये धेरै मानिस संक्रमित हुन सक्ने भएकाले संक्रमितहरूको पहिचान गर्न व्यापक परीक्षण गर्नु अहिलेको पहिलो प्राथमिकता हो । विदेशबाट आएका तथा तिनको सम्पर्कमा आएकाहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी संक्रमणको विस्तार हुन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने देखिएको छ । उपचारमा संलग्न डाक्टर तथा नर्सलगायत सम्बद्ध सम्पूर्ण कर्मचारीलाई संक्रमणबाट बचाउन आवश्यक सामग्रीको व्यवस्था गर्न ढिला गर्नु हुँदैन । 

त्यस्तै महामारीका बेला भ्रष्टाचारी, काला बजारियाले औषधि, खाद्यान्न र इन्धनजस्ता दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सृजना गरी अनुचित फाइदा उठाउन खोजेका छन् । तिनलाई रोक्न पनि आवश्यक छ । त्योभन्दा बढी धेरैजना श्रमजीवी मजदूरहरू बेरोजगार भएका छन् । तिनको रोजीरोटीको समस्यामा पनि ध्यान जानु जरुरी छ । 

दिनेश श्रेष्ठ
नयाँ बजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्