ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

आर्थिक प्याकेज खै ?

२०७६ चैत, १३  
पाठक विचार
NA

विश्वभर स्वास्थ्यक्षेत्र तथा व्यापार व्यवसायलाई जोगाउन विभिन्न तयारी भइरह“दा नेपालमा भने राहत प्याकेज घोषणा भएको छैन । नेपालमा दैनिक ज्यालादारीमा जीवनयापन गर्ने नागरिक समस्यामा परिसकेका छन् । उनीहरूको जीवन धान्नका लागि आवश्यक राहतको तयारीसमेत भएको छैन । व्यवसायीको समस्याका बारेमा भने अध्ययन भइरहेको सरकारले बारम्बार बताइरहेको छ । 

सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेपछि शहरी गरीबको दैनिकी कष्टकर बन्ने गम्भीर विषयमा समेत सरकारका जिम्मेवार मन्त्रीहरू गैरजिम्मेवार अभिव्यक्ति दिइरहेको पाइन्छ । होटल, रेस्टुराँ भटाभट बन्द भएका छन् । त्यहा“ आश्रित कामदार बेरोजगार बनिसकेका छन् ।

यो बेरोजगारीले ल्याउने भयावह अवस्थाको सामान्य नागरिकले समेत अनुमान गरेर जिब्रो टोक्न थालिसकेका छन् । निश्चय पनि नेपालले ठूलो राहत घोषणा गर्न सक्दैन । तर, गरीबका लागि जीवन धान्ने गरी राहत दिनु भने आवश्यक छ । विकसित देशहरूले कोरोना भाइरसबाट हुने मृत्यु तथा संक्रमण कम होस् भन्नका लागि सचेत हुनुका साथै थप व्यापार क्षति हुन नदिन र ठूला तथा साना कम्पनीहरूलाई जोगाउन विश्वव्यापी तयारी गरिरहेका छन् । हाम्रो देशमा भने प्रधानमन्त्री बिरामी छन् । अर्थमन्त्रीले तीन÷चारओटा मन्त्रालयको जिम्मेवारी बोकेका छन्, जसले गर्दा उनले केही पनि काम राम्ररी गर्न सकेका छैनन् । 

मोहन अधिकारी 
कलंकी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्