ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चैत मसान्तमा ऋणको साँवा/ब्याज तिर्नु नपर्ने  

२०७६ चैत, १३  
विविध
NA

काठमाडौ (अस) । सरकारले कोरोना प्रभावित व्यवसायीहरूको कर्जाको साँवा तथा ब्याज भुक्तानी चैत मसान्तसम्म गर्नु नपर्ने व्यवस्था गरेको छ । संक्रमणको अवधि तत्काल यकिन गर्न व्यावहारिक नभएकाले अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । कोरोनाका कारण उद्योग/व्यवसाय नराम्ररी प्रभावित भएको जनाउँदै निजी क्षेत्रले सरकारसँग चैत मसान्तमा तिर्नुपर्ने कर्जाको समयावधि बढाइदिन आग्रह गर्दै आएका थिए । मन्त्रालयले ग्राहकलाई वितरण गर्ने नोट संक्रमणरहित बनाएर मात्र वितरण गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्