ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : जर्मनीमा रू. ४४ अर्ब ८८ करोडको ओखरको बजार

२०७६ चैत, १३  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । जर्मनी यूरोपमा ओखर खपतका लागि प्रमुख गन्तव्यको रूपमा रहिआएको छ । सन् २०१८ मा जर्मनीले कुल ३७ करोड ६२ लाख अमेरिकी डलर (रू. ४४ अर्ब ८८ करोड) बराबरको ओखर आयात गरेको छ ।

जर्मनीले विशेषगरी संयुक्त राज्य अमेरिका, चिली र फ्रान्सबाट ठूलो परिमाणमा ओखर आयात गर्दै  आएको छ । यही सन्दर्भलाई  दृष्टिगत गर्दै नेपालले पनि उपयुक्त  रणनीति अंगीकार गर्ने  हो भने जर्मनीको ओखर बजारमा महत्त्वपूर्ण स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेको छ ।

यसका लागि जर्मनीको सहकार्यमा ओखरको गुणस्तर सम्बन्धी व्यवस्था गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकेको खण्डमा जर्मनीको बजारले नेपाली ओखर क्षेत्रमा स्वर्ण युग ल्याउने निश्चित छ ।

यसका लागि हिमालयको काखमा उत्पादित ओखरको ब्राण्डमा उच्चकोटीको विशेष आखे र नियार्त गर्ने रणनीति अंगीकार गरिनु आवश्यक देखिन्छ । नेपाली ओखरलाई जर्मनीमा शून्य भन्सार दरको सुविधा प्राप्त छ । यस अवस्थामा स्वदेशमा गुणस्तरीय उत्पादनमा वृद्धि गर्न सक्ने हो भने नेपाली ओखरले जर्मनीमा राम्रो बजार पाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्