ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना संक्रमणको लक्षण देखिएमा निःशुल्क एम्बुलेन्स सेवा

२०७६ चैत, १३  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

चैत १३, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना भाइरस संक्रमित शंकास्पद विरामीको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । शंकास्पद विरामीको उपचारको लागि सहजैसँग छिटो छरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्न एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो । 

भाइरसको संक्रमणको लक्षण देखिएको विरामीलाई स्वास्थ्य चौकीको सिफारिशमा निःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । 

अन्य विरामीले भने एम्बुलेन्सको नियमानुसार भाडा तिर्नुपर्नेछ । नेपाल रेडक्रस सोसाइटी बिहुँकोट शाखाले संचालन गर्दै आएको एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए । 

उनले कोरोना भाइरसको संक्रमणको अन्त्य नहुँदासम्मको लागि एम्बुलेन्स गाउँपालिकाको व्यवस्थापनमा संचालन गरिने निर्णय भएको पनि बताए ।

गाउँपालिकाले सवै वडामा दैनिक मजदुरी नगरी गाँसको व्यवस्था नहुने विपन्न मजदुरहरुको लागि खाद्यान्न सहयोग गर्न शुरु गरेको छ । वडा कार्यालयहरुलाई तग्यांक संकलन गर्न आग्रह गरेर गाउँपालिकाले चामाल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको हो ।

यस्तै विदेशबाट घरमा आएका गाउँपालिका भित्रका सम्पूर्ण युवाहरुलाई १५ दिनसम्म स्वक्वारेन्टाइन बस्न आग्रह गर्दै लकडाउन अवधिभर घरबाट बाहिर हिडँडुल नगर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्