ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘श्रमिकहरुका लागि विशेष प्याकेज ल्याउन ढिला नगर’

सरकारका पछिल्ला कदम स्वागयोग्य

२०७६ चैत, १३  
समाचार
NA
author avatar अभियान संवाददाता

चैत १३, काठमाडौं । पुर्वन्यायाधीस तथा नागरिक सरोकार सम्बद्ध प्रबुद्ध व्यक्तिहरुले सरकारलाई श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा  गर्न माग गरेका छन् ।

उनीहरुले वश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले हालैका दिनहरुमा देखाएको गम्भिर चासो र लिएका कदमहरु स्वागयोग्य कदम पनि भनेका छन् ।

पुर्व न्यायाधीसद्वय कल्याण श्रेष्ठ, सुशीला कार्की, केदारभक्त माथेमा, दुर्गा सुवेदी, रवीन्द्र मिश्रले बिहीवार संयुक्त रुपमा जारी गरेको अपिलमा यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नुपर्ने कामहरू प्रशस्तै छन्, हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ, जुन जरूरी छ भनिएको छ ।

अपिलमा भनिएको छ, ‘तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नुपर्नेहरूको संख्या ठूलो छ, संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ, उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने वाध्यता नहोस ।’

साथै अपिलमा उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नुपर्छ, त्यस्तो प्याकेजमा नि :शुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, नि : शुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यान्वयन गर्न सकिन्छ  भनिएको छ ।

अपिलमा यो संकटको घडी पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न हामी सम्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई विनम्र आग्रह गर्दछौं भनिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्