arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘अधिकारको आन्दोलन अझै सकिएको छैन’

२०७६ पौष, २१  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दलित सांसदहरूले लामो संघर्षपछि राजनीतिक व्यवस्था बदलिए पनि दलित अधिकारको आन्दोलन अझै नसकिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ नेपालले आइतवार गरेको ‘मिडियामा दलित सांसद’ विषयक संवाद कार्यक्रममा सांसदहरूले राजनीतिक परिवर्तनको आन्दोलन सकिए पनि त्यसको संस्थागत विकास र सहभागितामूलक लोकतन्त्र स्थापनाको सुनिश्चितता भइनसकेको बताएका हुन् । 

पूर्वमन्त्री तथा रूपन्देही–१ बाट निर्वाचित नेकपाका सांसद छविलाल विश्वकर्माले दलित समुदायको सहभागिताका आधारमा निर्णायक अधिकार भने राज्यका कुनै पनि तहमा नदिइएको धारणा राखे । ‘हाम्रोे आन्दोलन सत्ता परिवर्तनका लागि मात्रै थिएन, आन्दोलनले दलित समुदायको समानुपातिक समावेशी सहभागिताको व्यवस्था त ल्यायो, तर अझै संस्थागत भइसकेको छैन ।’ उनले भने । 

पूर्वमन्त्री एवं कांग्रेस सांसद मानबहादुर विश्वकर्माले लामो त्याग र बलिदानीबाट प्राप्त समावेशीकरणको व्यवस्था अहिले खतरामा परेको बताए । उनले अहिलेसम्म दलित अधिकारका क्षेत्रमा प्राप्त उपलब्धिलाई जोगाउन संसद्, सडक र मिडिया सबै क्षेत्रबाट भूमिका खेलिनुपर्ने धारणा राखे । 

सांसद विमला विकले मिडियाले दलित सांसदलाई सकारात्मक ढंगबाट प्रस्तुत नगरेको बताइन् । सांसद लक्ष्मी परियारले मिडिया र दलित सांसदका बीचमा ठूलो ग्याप रहेको बताइन् । क्रियाशील दलित पत्रकार संघ दलित समुदायका क्रियाशिलत पत्रकारहरूको साझा संगठन हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्