ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गराउ’

२०७६ चैत, १३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत १३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न आग्रह  गरेको छ ।

साथै आयोगले विश्वभर फैलँदै गएको कोभिड–१९ को संक्रमण नेपालमा समेत देखिएपश्चात्को विषम परिस्थितिमा सोको नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई कारात्मक रुपमा लिएको बताएको छ ।

आयोगका प्रवक्ता एवं सचिव वेद भट्टराईले बिहीवार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानमा स्वास्थ्यको अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरिएको सन्दर्भमा वर्तमान जटिल परिस्थितिमा नागरिकहरुको स्वास्थ्यप्रति जिम्मेवार हुनु सरकारको प्रमुख दायित्व हुन आउने उल्लेख छ । 

साथै  विज्ञप्तिमा कोभिड–१९ को संक्रमण एक–अर्कोमा नफैलियोस् भनी सरकारले गरेको ‘लकडाउन’को सबै नागरिकहरुले पूर्ण पालना गरी घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न आयोग आमनागरिकलाई आह्वान गर्दछ भनिएको छ । 

साथै त्यस्तो आदेशको अवज्ञा गरी घरबाहिर निस्कनेहरुलाई मानवोचित व्यवहारका साथ कानून बमोजिम कारवाही गर्न पनि आयोगले आग्रह  गरेको छ । 

‘लकडाउन’को अवस्थामा घरमै रहेका अपांग बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरुको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन तथा उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, कर्मचारी तथा तिनका परिवारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी विशेष व्यवस्था गर्न समेत आयोगले सरकारलाई आग्रह गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्