ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा रेलसेवा पनि बन्द, संक्रमितको संख्या ६७० भन्दा बढी    

२०७६ चैत, १३  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १३, नयाँ दिल्ली । करीब १ अर्ब ३७ करोड जनसंख्या भएको भारतले कोरोना भाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।     

रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन् अर्थात् प्रत्येक वर्ष ८ अर्बभन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्यांक रहेको छ ।     
     
विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ । प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १०० भन्दा बढी रेल सञ्चालनमा रहेका छन् । ती रेलहरु ६७ हजार ४१५ किलोमटिर गुडेको पाइन्छ । रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन् ।     
     
आइतवारबाट सो रेल सेवा बन्द भएपछि कयौं व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए । नयाँ दिल्ली रेलवे स्टेशन  सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ । जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन् । प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए ।     
     
भारतभरि कोरोनाभाइरस संक्रमितहरूको संख्या ६७० नाघेको छ । भारतमा बिहीवारसम्म कोभिड–१९ बाट १३ जनाले ज्यान गुमाएका छन् । संक्रमणको संख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् । रासस/ एपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्