ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्ज नाकाबाट निर्बाध रुपमा ग्यास र पेट्रोल भित्रिए    

२०७६ चैत, १३  
प्रदेश ०२
NA

चैत १३, वीरगञ्ज । लकडाउनका समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा भित्रिएको वीरगञ्ज भन्सारले बताएको छ ।

यही चैत १० देखि लागू भएको लकडाउनका समयमा भारतका विभिन्न ठाउँबाट चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट भित्रिएको बताइएको छ ।     

सोही अवधिमा तरकारी, खाद्यान्नलगायत सामान सहज रुपमा नेपाल भित्रिएको र बिहीवार पनि आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले बताए ।

यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका अनुसार लकडाउनका समयमा संघीय सरकारले छूट दिएका सवारी साधनबाहेक अन्य सवारी साधन भने चलेका छैनन् । 

लकडाउनका समयमा अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्बाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले  बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्