ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बोशले बनायो साढे २ घन्टाभित्रै भाइरस पत्ता लाग्ने परीक्षण किट

२०७६ चैत, १३  
अन्तरराष्ट्रिय
Image Not Found

चैत १३, फ्र्याङ्कफर्ट (जर्मनी) । जर्मन बहुराष्ट्रिय इञ्जिनीयरिङ र प्रविधि कम्पनी रोबर्ट बोशले साढे २ घन्टाभन्दा कम समयमै कोरोना भाइरस पत्ता लगाउन सक्ने परीक्षण किटको विकास गरेको छ । 

बोशको स्वास्थ्य सेवा एकाईले भाइभालिटिक मोलिकुलेर डाइग्नोष्टिक मञ्चमा  र्‍यापिड मोलिकुलर डायग्नोस्टिक टेष्ट गरेको थियो । यस परीक्षणमा साढे २ घन्टाभन्दा कम समयमै कोरोना भाइरसको संक्रमण पहिचान भएको बताइएको छ ।
 

यसमा नमूना लिएदेखि नतिजा आइपुग्न लाग्ने समयको समेत हिसाब गरिएको छ । यसमा अन्यत्र नमूना नलगिकनै परीक्षण गर्न सकिने कम्पनीको भनाइ छ । 

कम्पनीले यस अघि नै यो उपकरण अस्पताल, प्रयोगशाला र मेडिकल अभ्यासमा इन्फ्लुएन्जा र निमोनिया लगायत जिवाणु र भाइरल रोगको पहिचान गर्न प्रयोग गर्दै आएको थियो । 
जर्मनीमा यो परीक्षण अप्रिलदेखि उपलब्ध हुने र अन्तरराष्ट्रिय बजारमा समेत यसको विक्री गरिने कम्पनीले बताएको छ । 

यसको माध्यमबाट संक्रमित बिरामी छिट्टै पहिचान गरेर उनीहरुलाई एक्लै राख्न सकिने कम्पनीको प्रमुख कार्यकारी अधिकृत भल्कमार डेनरले एक विज्ञप्तिमा बताएका छन् । 

यो परीक्षण विकास गर्न कम्पनीले उत्तर आइरिस मेडिकल उपकरण निर्माता कम्पनी  र्‍यान्डबक्स ल्याबोरटरिजसँग सहकार्य गरेको थियो । जर्मनी र दक्षिण कोरियासँग कोभिड–१९ छिटै पत्ता लगाउने क्षमता छ । तर इटली र अमेरिकासँग यस्तो व्यवस्था छैन । 

त्यसैले त्यहाँ भाइरसको महामारीले उग्र रुप लिएको छ । बोशको नयाँ परिक्षणले एक दिनमै ४ हजारभन्दा धेरै परीक्षण गर्न सक्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्