ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना विरुद्ध टेवा दिन भेन्टिलेटर बनाउँदै महिन्द्र एण्ड महिन्द्रा

२०७६ चैत, १३  
अन्तरराष्ट्रिय
Image Not Found
एमएण्डएमका अध्यक्ष आनन्द महिन्द्रा

चैत १३, मुम्बई (भारत) । भारतीय बहुराष्ट्रिय अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्रा (एमएण्डएम)ले भेन्टिलेटर बनाउने भएको छ । कोभिड–१९ महामारी विरुद्धको लडाइमा टेवा दिन कम्पनीले निकै सस्तोमा सो उपकरण बनाउन थालेको हो । 

सामान्यत : भेन्टिलेटरको मूल्य विश्व बजारमा ५ लाख रुपयादेखि १० लाख रुपयासम्म पर्छ । तर कम्पनीले बनाउने भेन्टिलेटर भने ७ हजार ५०० रुपयामै पाइनेछ । 

भेन्टिलेटरको डिजाइन सरल बनाउन र क्षमता वृद्धिका लागि कम्पनीले २ ठूला सरकारी कम्पनीको साथमा भेन्टिलेटर उत्पादकसँग पनि सहकार्य गरिरहेको छ । कम्पनीको इञ्जिनीयर टोलीले यसमा काम गरिरहेको कम्पनीका प्रवन्ध निर्देशक पवन गोयन्काले एक ट्विटमा भनेका छन् ।

 कम्पनीले ब्याग भेल्भ मास्क भेन्टिलेटरको स्वचालित संस्करणमा समेत काम गरिरहेको एमएण्डएमका अध्यक्ष आनन्द महिन्द्राले ट्विटमा भनेका थिए । 

तीन दिनमै अनुमतिका लागि प्रोटोटाइप तयार हुने अपेक्षा गरिएको छ । एक पटक यसको डिजाइनले अनुमति पाएपछि उत्पादनको लागि उपलब्ध गराइने समेत गोयन्काले जानकारी दिएका छन् । 

हालैका दिनमा कोरोना भाइरसको महामारी फैलिएपछि विश्वभर मास्क, भेन्टिलेटर लगायत स्वास्थ्य सामग्रीको अभाव चुलिएको छ । यस्तोमा टेस्ला, फोर्ड, जनरल मोटर्स लगायत बहुराष्ट्रिय अटो निर्माता कम्पनीहरुले पनि भेन्टिलेटर निर्माणमा हात हाल्ने घोषणा गरेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्