ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कोषमा उद्योगीहरूको योगदान बढ्दै

२०७६ चैत, १४  
प्रदेश ०१
NA
author avatar अभियान संवाददाता

विराटनगर । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा विराटनगर उद्योगी व्यवसायीले पनि आफ्नो तर्फबाट सहयोग रकम जम्मा गर्ने क्रमलाई निरन्तरता दिएका छन् । उद्योगी राजेन्द्र राउतले जनस्तरबाट पहिलो पटक कोषमा ११ लाख रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै कोषमा राजकुमार गोल्छा नेतृत्वको आरकेजी ग्रूप अन्तर्गतको श्री रघुपति जुट मिल्स कम्पनी लिमिटेडले १० लाख रुपैयाँ र सोही ग्रूपको खनारस्थित अरिहन्त मल्टी फाइबर्स कम्पनी लिमिटेडले ११ लाख रुपैयाँ गरी जम्मा २१ लाख रुपैयाँ कोषमा जम्मा गरेको मुख्यमन्त्री कार्यालयले बताएको छ ।

त्यसैगरी निर्माण व्यवसायी संघ मोरङद्वारा पनि उक्त कोषमा १ लाख रुपैयाँ सहयोग प्राप्त भएको मुख्यमन्त्री कार्यालयमा स्थापित कोरोना इन्फर्मेशन डेस्कले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्