ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

‘एनसेल कल टु डाक्टर’ सेवा शुरू

२०७६ चैत, १४  
बजार
Image Not Found

काठमाडौं (अस) । दूरसञ्चारप्रदायक संस्था एनसेलले ‘एनसेल कल टु डाक्टर’ सेवा शुरू गरेको छ । नेपाल चिकित्सक संघ, हाम्रो पात्रो एप र एनसेलको प्राविधिक सहयोगमा यो सेवा शुरू गरिएको हो । सेवामार्फत कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो असर देखिएमा स्वास्थ्य सल्लाह तथा परामर्श लिन पाइने कम्पनीले बताएको छ । 

सेवा प्रयोग गर्न ‘डब्ल्यूडब्ल्यूडब्ल्यू डट कोभिड डट हाम्रोपात्रो डट कम’मा लगइन गरी आफ्नो समयअनुसार अनलाइन बसेका डाक्टरहरूसँग भिडियो कल गर्न सकिने एनसेलले बताएको छ । डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर भिडियो कलमार्फत परामर्श लिन सकिनेछ । सेवाबाट कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएका नागरिकको मात्रै गुनासो सुन्ने बताइएको छ । 

‘रिचार्जमा बोनस’ र ‘स्टे होम प्याक’ को सुविधा 
यसैबीच एनसेलले आफ्ना ग्राहकका लागि एनसेल सापटी रकममा वृद्घि, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र ‘स्टे होम प्याक’ को सुविधा पनि सार्वजनिक गरेको छ । 

हालको परिस्थितिलाई दृष्टिगत गरी कम्पनीले ब्यालेन्स ट्रान्सफरको सिमा १ दिनमा अधिकतम ३ पटकबाट २० पटक पु¥याएको छ । एनसेल सापटी सेवाअन्तर्गत ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्यूनतम रू. ४० देखि अधिकतम रू. २०० सम्म सापटी लिन सक्नेछन् भने रू. ५०, रू. १००, रू. २००, रू. ३००, रू. ५०० र रू. १ हजारको रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यस्तै विपद्को समयमा कार्यालयको काम घरबाटै पूरा गर्नुपर्ने ग्राहकलाई दृष्टिगत गरी एनसेलले १५ जिबी डाटा भोल्युमसहितको विशेष डाटा प्याक ‘स्टे होम प्याक’ ल्याएको छ । ग्राहकले करबाहेक रू. २३० तिरेर यो सेवा प्रयोग गर्न सक्नेछन् । यो प्याकमा रहेको १५ जिबी डाटामा १० जिबी डाटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागू हुनेछ भने ५ जिबी डाटा फोरजी नेटवर्कमा मात्र लागू हुनेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्