ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सरकारले पनि स्वीकार्‍यो आर्थिक संकट

२०७६ चैत, १४  
१० वर्ष अघि
NA


मुलुकको इतिहासमा पहिलोपटक सरकारले मुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख देखिएको कुरा औपचारिक रूपमा स्वीकार गरेको छ । त्यसबाट बच्ने उपाय पत्ता लगाउनका लागि उसले आवश्यक सुझाव दिन गत साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा एक समिति गठन गरेको छ । ‘अर्थतन्त्रमा उत्पन्न भएका र उत्पन्न हुन सक्ने संकट समाधानका लागि सुझाव दिन असर मसान्तसम्मको समय दिएको समितिका अर्थ हेर्ने आयोगका सदस्य अर्थमन्त्रालयका सल्लाहकार, अर्थसचिव गभर्नर, डेपुटी गभर्र्नर, तथा विज्ञका रूपमा प्राध्यापक डा. विश्वम्भर प्याकुरेल रहेका छन् ।

जानकारहरू शोधनान्तर स्थिति इतिहासमै सम्भवतः पहिलोपटक नकारात्मक हुनु र निर्यात ठप्प हुनु तर आयातको परिमाण आकासिनु, उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न नसक्नु तर अनुत्पादक क्षेत्रमा लगानी बढ्नु, मह“गी नियन्त्रण बाहिर हुनु, तरलताको समस्या दीर्घकालीन रूप लिनु, अर्थतन्त्रको मेरूदण्डको रूपमा विप्रेषणको आयातमा कमी आउनुजस्ता कारणले अहिले अर्थतन्त्र दुर्घटना उन्मुख भएको बताउँछन् ।

वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्