ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : जर्मनीमा रू. ४४ खर्ब ४४ अर्बको तयारी पोशाकको आयात बजार

२०७६ चैत, १४  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । जर्मनी यूरोपमा तयारी पोशाक खपतका लागि प्रमुख गन्तव्यको रूपमा रहिआएको छ । सन् २०१९ मा जर्मनीले कुल ३८ अर्ब ९८ करोड अमेरिकी डलर (रू. ४४ खर्ब ४४ अर्ब) बराबरको तयारी पोशाक आयात गरेको छ । जर्मनीले विशेषगरी चीन र बंगलादेश, टर्की लगायत मुुलुकबाट ठूलो परिमाणमा तयारी पोशाक आयात गर्दै आएको छ । यही सन्दर्भलाई दृष्टिगत गर्दै नेपालले पनि उपयुक्त रणनीति अंगीकार गर्ने हो भने जर्मनीको तयारी पोशाक बजारमा महŒवपूर्ण स्थान प्राप्त गर्न सक्ने सम्भावना छ । यसका लागि जर्मनीको सहकार्यमा तयारी पोशाकमा लगानी अभिवृद्धि गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकेको खण्डमा जर्मनीको बजारले नेपाली तयारी पोशाक क्षेत्रमा स्वर्णयुग ल्याउने निश्चित छ । यसका लागि हिमालयको काखमा उत्पादित तयारी पोशाकको ब्रान्डमा उच्चकोटीको विशेष तयारी पोशाक निर्यात गर्ने रणनीति अंगीकार गरिनु आवश्यक देखिन्छ । नेपाली तयारी पोशाकलाई जर्मनीमा शून्य भन्सार दरको सुविधा प्राप्त छ । यस अवस्थामा स्वदेशमा गुणस्तरीय उत्पादनमा वृद्धि गर्न सक्ने हो भने नेपाली तयारी पोशाकले जर्मनीमा राम्रो बजार पाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्