ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दाङमा २ करोडमा कोरोना विशेष अस्पताल स्थापना

२०७६ चैत, १४  
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

चैत १४,, दाङ । विश्वभरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले दाङमा १०० वेडको कोरोना विशेष अस्पताल स्थापना गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका– १७ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थाको शिक्षण अस्पतालको भवनमा कोरोना विशेष अस्पताल स्थापना गरिएको हो ।

करीव रू.२ करोडको लागतमा उक्त अस्पताल स्थापना गरिएको प्रदेश सरकारले बताएको छ । अस्पताल बुधववरदेखि नै सञ्चालनमा आएको प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा विशेष दरबन्दी कायम गरी उपचारको व्यवस्था गरिएको छ ।

५ नम्बर प्रदेशका विभिन्न सरकारी तथा निजी अस्पतालहरुमा पनि आइसोलेशन बेड स्थापना व्यवस्थापन गरेको र सबै तयारी अवस्थामा राखिएको छ । प्रदेशमा ३७ जनालाई आइसोलेशन कक्षमा राखेर उपचार गरिरहेको उनले बताए ।

‘सम्भव भएसम्म प्रदेशका अधिकांश निजी तथा सरकारी अस्पताललाई तयारी अवस्थामा राखिएको छ’, उनले भने, ‘कोरोना सम्भावित खतराका लागि प्रदेश सरकार तयारी अवस्थामा छ ।’विशेष अस्पतापलमा कार्यरत चिकित्सक तथा कर्माचारीलाई दुई प्रतिशत सेवा सुविधा बढाइएको उनले बताए ।

सुरक्षामा खटिनेका लागि ५० प्रतिशत सुविधा बढाइएको छ । अस्पताल सञ्चालनको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेश शर्मालाई जिम्मा दिइएको छ । 

प्रदेश नंं ५ सरकारले कोरोना भाइरस नियन्त्रणका लागि रू. १० करोडको कोष समेत स्थापना गरिसकेको छ । गत सोमवार प्रदेश मन्त्रिपरिषदको बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्