ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना कोषमा क्रिकेटर सन्दीपको १ लाख सहयोग        

२०७६ चैत, १४  
खेल विविध
Image Not Found

चैत १४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रू.१ लाख सहयोग गर्ने भएका छन् ।     
 

उनले बिहीवार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । ‘कोषमा रू.१ लाख दिने घोषणा गर्दछु, यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न’, उनले ट्वीट गर्दै भनेका छन् ।

 सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्