ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वैशाख ३ गतेसम्म रोकियो अन्तरराष्ट्रिय हवाई उडान     

२०७६ चैत, १६  
समाचार
NA

 चैत  १६, काठमाडौं । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तरराष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ ।     

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले कोरोनाका संक्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई उडान रोक्ने निर्णय गरेको हो ।     

सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको संक्रमणको त्रास बढेपछि सरकारले पूर्ववत निर्णयअनुसार नै अन्तरराष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।     
     
 बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने, ‘कोरोना संक्रमणको त्रास कायम रहेकाले हवाई उडान रोक्ने निर्णय भएको छ ।’ रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्