arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शहीद स्मारक ‘ए’ लिग : थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित        

२०७६ पौष, २३  
खेल विविध
Image Not Found

पुस २३,  काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।     
     
 थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक –एक गोल गरे । खेलको १५ औं मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् ।     
     
त्यसपछि खेलको ४१ औं मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औं  मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे ।

ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औं मिनेटमा एक सानत्वना गोल फर्काए । जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अंकका साथ सातौं स्थानमा छ ।     
     
 खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औं मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्