ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डेरिभेटिभको आकर्षण र नियामकको आवश्यकता

२०७६ चैत, १८  
१० वर्ष अघि
NA

दुई वर्ष अगाडि भएको नेपालको कमोडिटी डेरिभेटिभ बजारले १६ वर्ष अगाडि औपचारिक रूपमा सुरु भएको सेयर बजारभन्दा कैयौं गुणा ठूलो रूप लिइसकेको छ । कारोबार, यसको सञ्जाल, लगानीकर्ताको आकर्षण र चर्चा सबैमा यो अगाडि रहेको देखिन्छ ।

कारोबारका हिसाबले छोटो समयमै नेपालको डेरिभेटिभ बजारले संसारको बजारलाई पछ्याउँदै छ । गत एक वर्ष एउटामात्र डेरिभेटिभ एक्सचेन्जको कारोबार रकम पनि नेपाल स्टक एक्सचेन्जको एक वर्षको सेयर कारोबारको दोब्बर बराबर छ । सन् २००८ अक्टोबरको सुरुको एक तथ्यांकअनुसार संसारको सेयर बजारको आकार करिब ३७ ट्रिलियन अमेरिकी डलर थियो भने डेरिभेटिभ बजार ७९१ ट्रिलियन डलरको थियो । डेरिभेटिभ बजारको यो आकार संसारको अर्थतन्त्रको ११ गुणा हो ।

संसारमा आएको भन्दा बढी प्रविधिको विषय भएर पनि डेरिभेटिभ बजारले नेपालमा लिएको यो गतिको बारेमा जनमानसमा एक प्रकारको जिज्ञासा रहको छ । र, केही समयअघि काठमाडौंमा आयोजित क्यापिटल एक्स्पोमा डेरिभेटिभका दर्जनौं स्टलका अवलोकन गर्ने क्रममा अर्थमन्त्रीले पनि यही जिज्ञासा राखेका थिए । तीन दिन चलेको यो प्रदर्शनीमा लगानीकर्ताको ठूलो भिड डेरिभेटिभ सम्बन्धी स्टलतर्फ थियो । 

१६ वर्ष अघि औपचारिक रूपमा सुरु भएको पूँजी बजारमा अहिलेसम्म एउटा स्टक एक्सचेन्ज मात्र छ । तर दुई वर्षमात्र पुरानो डेरिभेटिभ बजारमा अहिले तीनवटा एक्सचेन्जहरू सञ्चालनमा आइसकेका छन् । त्यसैगरी सेयर बजार काठमाडौंमा मात्र सीमत छ । तर डेरिभेटिभको कारोबार देशका हरेक प्रमुख सहरमा पुगिसकेको छ । 

(रवीन्द्र भट्टराईको आलेखबाट)
वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्