arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धितोपत्रमा परिचयपत्र विवाद

२०७६ पौष, २४  
१० वर्ष अघि
NA

लगानीकर्तालाई परिचयपत्र वितरण गर्ने विषयमा धितोपत्र बोर्ड र धितोपत्र दलालहरूबीच विवाद उत्पन्न भएको छ । बोर्डले बुधवार दलालहरूलाई निर्देश दिँदै आफ्नो कम्पनीबाट कारोबार गर्ने लगानीकर्तालाई परिचयपत्र वितरण गर्न निर्देशन दिएपछि धितोपत्र दलाल संघले त्यसप्रति आपत्ति व्यक्त गरेको हो ।

एउटै लगानीकर्ताले विभिन्न दलालहरूमार्फत कारोबार गर्ने भएकाले हरेक दलालले परिचयपत्र बाँड्दा एउटै लगानीकर्ताको धेरै परिचयपत्र हुने भएकाले त्यसो गर्न सम्भव नहुने तर्क दलालहरूको छ । ‘बरु धितोपत्र बोर्ड वा स्टक एक्सचेन्जले लगानीकर्तालाई परिचयपत्र बाँड्यो भने त्यो उचित हुन्छ भन्ने हाम्रो भनाइ हो,’ नन्दकिशोर मुन्दडाले अभियानसँग भने ।

बोर्डले बुधवार दिएको १२ बुँदे निर्देशन अनावश्यक रूपमा दुःख दिने मनसायबाट प्रेरित भएको भन्दै दलालहरूले आपत्ति व्यक्त गरेका छन् । बोर्डले दलालहरूलाई परिचयपत्र वितरणसहित विभिन्न फाइलहरू तयार गर्न निर्देशन दिएको छ । आदेश दर्ता किताब, कार्यालयमा भित्रिने र बाहिरिने कागजातको किताब र करारनोट, ग्राहकको धितोपत्रसम्बन्धी विवरण, शेयर खरीदविक्री सम्बन्धी भौतिक स्थिति, कारोबारको राफसाफ तथा नामसारीको विवरण, ग्राहकको नगद तथा बैंक ब्यालेन्ससम्बन्धी विवरण र आफूसहित आफूकहाँ कारोबार गरेका दलालहरूको वित्तीय विवरणहरूलाई अलग अलग फाइलमा खुलाएर राख्न निर्देशन दिएको थियो । अलगअलग रूपमा तयार गर्न निर्देशन दिइएका कतिपय फाइल उस्तै उस्तै किसिमका भएकाले बोर्डले र सबै काम कम्प्युटरबाट गर्न प्रेरित गर्नुपर्नेमा फेरि कागजमै अभिलेख राख्न लगाएको भन्दै दलालहरूले शुक्रवार नै बोर्डका अध्यक्ष डा. शूरवीर पौड्याललाई भेटी त्यो निर्देशन फिर्ता लिन दबाब दिएका छन् । 
 वर्ष ५, अंक १३, २०६६, मंसिर १५–२१

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्