arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विलासिताको भोकले अर्थतन्त्रमा असर

२०७६ पौष, २५  
पाठक विचार
NA

रमेशकेशरी वैद्य

वकास हरेक मानिसको चाहना हो । आर्थिक, भौतिक वा अन्य अवस्थामा परिमाण र गुणस्तरका दृष्टिले सकारात्मक परिवर्तन आउनु नै विकास हो । हामी अहिले आर्थिक विकासका लागि समर्पित छौं । अन्य देशको दाँजोमा हाम्रो भौतिक विकास कम भएकाले सरकारका धेरै प्रयास यसैमा केन्द्रित छन् । तर विकासका लक्ष्य राख्दैमा वा सपना देख्दैमा प्राप्त भइहाल्ने चाहिँ होइन । यसका लागि उपयुक्त रणनीति र कार्यनीति आवश्यक हुन्छ । 

जब मुलुकमा अशिक्षित मानिस, पढेलेखेका स्वार्थी र अनुशासनहीन कर्मचारी, लोभी व्यवसायी, धूर्त दलाल आदिको बोलवाला रहिरहन्छ, तबसम्म मुलुकले लिएको लक्ष्य प्राप्ति कठिन बन्दै जान्छ । नेपालले लिएका लक्ष्यहरू पूरा नहुनुमा पनि यस्तै वर्ग र समूहको हालीमुहाली बढ्नु हो भन्ने धेरैको विश्वास रहेको पाइन्छ । सबै मानिसको सोच र लक्ष्य एउटै र सकारात्मक भइदिएको भए हामी अन्य राष्ट्रजस्तै अहिले विकासको यात्रामा अगाडि नै हुन्थ्यौं ।

तर, आआफ्नो स्वार्थमा रमाउनेहरूको संख्या बढिरहेकाले मुलुकको विकास सुस्त गतिमा अघि बढेको हो । हुन त मानिस स्वभावतः स्वार्थी नै हुन्छ । तर पनि निमय कानूनको पालना तथा मानवीय कर्तव्यबोधले समाज अघि बढिरहेको हुन्छ । खराब तŒवलाई परास्त गर्दै अघि बढ्नु समाजको चिनारी नै हो । हामीले पनि मुलुकमा यस्तै गर्नु आवश्यक छ । तर झट्ट हेर्दा यो निकै आदर्शवादी कुरा लाग्न सक्छ । तैपनि यही वास्तविकता हृदयंगम नगरेसम्म देश र समाज उँभो लाग्न भने सक्दैन । 

झट्ट हेर्दा नेपालमा विकास भएको जस्तो देखिन्छ । सडकहरू थपिएका छन्, बिजुली र टेलिफोन सबैतिर पुगेको छ । शहरहरूमा गाडीको चहलपहल देख्दा नेपाल गरीब देश हो भन्ने नै लाग्दैन । तर अर्थतन्त्रका वास्तविक सूचकहरू र देशका गरीबहरूको अवस्था हेर्ने हो भने विकासमा हामी निकै पछाडि परेका छौं भन्न सकिन्छ । जनता गरीबीको मारमा छन् । महँगीले आकाश छोएको छ । सरकारले मूल्य नियन्त्रण गर्न सकेको छैन । देश भ्रष्टाचारको जालोमा जेलिएको छ । त्यो पनि संस्थागत बनिरहेको छ । सडक तथा राजमार्ग बनेका भए पनि तिनको अवस्था दयनीय छ । न तिनको नियमित मर्मतसम्भार हुन्छ, न त ट्राफिकको राम्रो व्यवस्था नै । परिणामतः सवारी दुर्घटना बढिरहेको छ र मुलुक संवेदनाहीन अवस्थामा पुगेको अनुभव हुन्छ । 

कृषि प्रधान मुलुक भनिन्छ । तर किसानले मल तथा सिँचाइको सुविधा राम्ररी पाएका छैनन् । राज्यले पहिला यी कुराहरूमा सुधार ल्याउनुपर्ने हो । तर यी समस्याहरू घट्नुको साटो बढिरहेका छन् । देश चलाउने व्यक्तिहरू आआफ्नै डम्फु बजाउन व्यस्त छन् । ठूलाठूला भाषण गर्छन्, सपना पनि ठूला देखाउँछन् । तर त्यस अनुसार काम भने खासै गरेको पाइन्न । यी सानातिना समस्या समाधानका लागि उनीहरूको इच्छाशक्ति किन नजगेको हो, थाहा छैन । हेर्दा सामान्य लागे पनि माथिकै कारणले गर्दा पनि मुलुकको विकास ढिलो भइरहेको मान्न सकिन्छ । राज्यको सोच केवल व्यापार व्यवसायमा केन्द्रित रहेको हो कि जस्तो देखिन्छ ।

कसरी कर बढाएर राज्यको आम्दानी बढाउन सकिन्छ भन्नेमा सरकारको चासो बढी देखिन्छ । युवाहरूलाई स्वदेशमा नै रोजगारी गर्नुभन्दा विदेश पठाउन बढी रमाइरहेको हो कि जस्तो देखिन्छ । किनभने विप्रेषण आउन कम भयो भने देशको अर्थतन्त्रमा ठूलै संकट आउन सक्छ । वैदेशिक रोजगारी नराम्रो त होइन, तर यसरी देशै रित्याएर युवा पलायन हुँदा देशको विकास कसले गरिदिने ? त्यसैले सरकारले जनताका आधारभूत समस्याको समाधान पनि साथसाथै गर्दै जानुपर्छ । सरकार आफ्नो विलासिताका लागि अनेक उपाय निकाल्छ । औषधोपचार, भत्ता, भवन, सवारी सुविधा आदि सुविधा थपिएको थपियै छ । यस्तो काममा सरकार र कर्मचारीले ढिलासुस्ती गर्दैनन् । जनताका समस्या समाधान गर्नुपर्ने बेलामा चाहिँ कानून र प्रक्रियाका कुरा उठाएर ढिलासुस्ती गर्छन् । वास्तवमा सरकारले आफ्नो दायित्व नै बिर्सिएजस्तो लाग्छ । 

देशमा लोकतन्त्र र संघीयता आए पनि चित्त नबुझेका कुराहरू धेरै छन् । अहिले मुलुकमा विकासै नभएको होइन । तर चित्त बुभ्mदो गरी भएको छैन । चाकडी गरेर, गलत काम गरेर भएको कमाइ राम्रो होइन । तैपनि सोझासाझा व्यक्तिहरूसमेत गलत संस्कारतिर ढल्कँदै छन् । यसैको असर उद्यममा पनि परेको हो । कमिसनको चक्करमा लाग्न थालेकाले उद्योग व्यवसायभन्दा व्यापार र दलाली बढेको छ । यस्तै कारणले पनि उद्योगमा लगानीको वातावरण बन्न नसकेको हो । आप्mनो मान्छे बाहेक दक्ष भएकालाई अगाडि ल्याउन सरकार नै चाहँदैन ।

दोष सरकारको मात्रै छैन, हामी अर्थात् जनताको पनि छ । साधारण भाषामा बोल्नुपर्दा हामी अन्यायविरुद्ध धेरै बोल्दैनौं, सहने बानी छ । हुन त घरको समस्या सुल्झाउन गाह्रो छ भने देशको समस्या सुल्भाउन झनै गाह्रो हुन्छ । यस्तो अवस्थामा सबैले आफ्नो दायित्व नभुली हाम्रो मुलुकको समस्याको समाधान गर्नु आवश्यक हुन्छ । धेरै कुराहरू माथिबाट तल सर्छ । देशको मूल मान्छे भनेको अहिलेको सन्दर्भमा प्रधानमन्त्री नै हुनुहुन्छ । उहाँ कडा, इमानदार तथा सबैको कुरा सुनेर अगाडि बढ्ने हो भने मुलुकमा धेरै परिवर्तन आउँछ ।

प्रधानमन्त्रीको भनाइ नराम्रो छैन । तर त्यसअनुसार काम भएको छैन । गल्ती उहाँको हो वा उहाँका सहायकहरूको हो, यसै भन्न सकिन्न । प्रधानमन्त्री आफै मितव्ययी बन्ने हो भने सरकारमा रहेका अन्य व्यक्तिले पनि त्यस्तै बन्न खोज्नेछन् । प्रधानमन्त्रीले आसपासे नहेरेर योग्य व्यक्ति र सही काम गर्ने व्यक्तिलाई जिम्मेवारी दिने हो भने समृद्ध नेपाल सुखी नेपाली नारामा होइन, व्यवहारमा पनि आउन सक्छ । 

अहिले देशको एउटा ठूलो समस्या भनेको युवा पुस्ता यो देशमा बस्न नचाहनु हो । यस्तो अवस्थामा राज्य, अभिभावक, खुद युवा पुस्ताले यहीँ नै इलम गर्ने वातावरण बनाउनुपर्छ । शुरूमा यो कार्य गाह्रो होला । तर गर्न नसकिने भने होइन । सरकारले युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्छ, व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ । विलासी जीवनको चाहनाले गर्दा युवाहरू विदेश भनेपछि हुरुक्क भएका हुन् । यहाँको निराशापूर्ण अवस्थाले पनि उनीहरू पलायन हुनुपरेको हो । त्यसैले युवा पुस्तालाई आफ्नै मुलुकमा केही गर्न सरकारले हौसला दिनुपरेको हो । 

प्रत्येक नागरिकले गलतको साथ नदिने, गलत कार्य नगर्ने, देखाबटी र विलासिताका लागि मरिहत्ते नगर्ने हो भने देश पक्कै राम्रो हुनेछ । त्यसैले विलासिताको लोभ माथिबाटै कम गर्दै जानुपर्छ, जसको असर तल्लो तहसम्म पुग्न सक्छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्