ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना नियन्त्रण कोषमा २२ करोडभन्दा बढी जम्मा        

२०७६ चैत, १८  
समाचार
NA

 चैत १९, काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलवारसम्म रू. २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।

सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।     
     
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए ।

उनका अनुसार कोषमा मंगलवारमात्र नेपाल औद्योगिक महासंले रू. ५० लाख, रू.१ लाखभन्दा कम दिएकाबाट रू.१ करोड ९ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्