ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

क्यान इन्फोटेकको उद्देश्य व्यापार गर्नु होइन

२०७६ चैत, १९  
१० वर्ष अघि
NA

अहिले हामीसँग कति रुपैयाँको सफ्टवेयर निर्यात हुने गरेको छ त्यसको तथ्यांक छैन । सरकारले पनि त्यसबारेमा कुनै तथ्यांक अहिलेसम्म राखेको छैन । नेपालमा अहिलेसम्म सूचना प्रविधिले उद्योगको रूप लिइसकेको छैन । देशको राजनीतिक अवस्थाले गर्दा पनि तथ्यांक पाउन नसकिने स्थिति छ । अहिले देशमा श्रमिकको मुद्दा निकै चर्को ढंगमा उठिरहेको छ । अलिकति तलमाथि हुनेबित्तिकै श्रमिकहरूले हडताल गर्ने गरेका छन् । यसले गर्दा यो क्षेत्रमा लगानी गरिरहेको वा गर्न चाहनेहरू तर्सिरहेको अवस्था छ । उनीहरूले धेरै श्रमिक राखेर गर्नुपर्ने काम पनि थोरैबाट गरिरहेका छन् । धेरै संख्यामा श्रमिक राखेर एकै ठाउँबाट अनावश्यक तनाव भोग्नुभन्दा यत्तिकै ठीक छ भन्ने सोचका कारण सानो परिमाणमा काम गर्ने प्रवृत्ति देखापरेको छ । त्यस्तै धेरै श्रमिक राखेर एकै ठाउँबाट गर्न सकिने कामहरू पनि थोरै श्रमिक धेरै ठाउँमा राखेर गुपचुप काम गर्नेहरू पनि भेटिन्छन् । त्यसरी काम गर्नेहरू कतिपय दर्ता भएका छैनन् वा आफ्नै गरिकाले ग्राहक खोजेर सामान उपलब्ध गराउनेहरू पनि छन् । त्यसले गर्दा नेपालमा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरू कति छन् भन्ने यकिन हुन सकेको छैन । यद्यपि अहिले तथ्यांक छैन भनेर आत्तिहाल्नुपर्दैन । किनकि नेपालमा भर्खरै सूचना प्रविधि सुरु भएको हो र अरू देशको तुलनामा हामी अहिले पनि निकै पछाडि छौं । विकासका प्रारम्भिक चरणमै भएकाले सूचना प्रविधि क्षेत्रले राष्ट्रलाई के दिएको छ भनेर अहिले नै हिसाबकिताब राख्ने बेला भइसकेको छैन । तर पनि नेपालमा विदेशमा सफ्टवेयर निर्यातको क्रम चाहिँ घटेको छ ।  

(कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेशकुमार कर्णसँगको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक १९, २०६६, पुस २७–माघ ३

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्