ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रगतको अभाव भएपछि दातालाई रेडक्रसको आह्वान        

२०७६ चैत, १९  
प्रदेश ०१
Image Not Found

चैत  २०, भद्रपुर । रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।     
     
सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताए ।
 

सरकारले अस्पतालको ओपीडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ । विर्तामोड ब्लडबैंकबाट बीएण्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजंघा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ । 

विर्तामोड ब्लडबैंकमा बिहीवार बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत मौज्दातमा रहेको विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष शिवोकोटीले बताए ।
 रेडक्रस सोसाइटीले विर्तामोडको बीएण्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लडबैंकमा पनि रगतको मौज्दात सकिएको छ ।  रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्