arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एमाले अध्यक्ष खनाल आलोचित

२०७६ पौष, २७  
१० वर्ष अघि
NA


माओवादीलाई रिझाउन पाए प्रधानमन्त्रीको कुर्सी आफ्नो भागमा आइहाल्ला कि भन्ने आशमा रहेका नेकपा एमाले अध्यक्ष झलनाथ खनाल आफ्नै पार्टीभित्र आलोचित भएका छन् । नौ महिनाअघि सम्पन्न बुटवल महाधिवेशनपछि बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष खनालले प्रस्तुत गरेको प्रतिवेदनलाई सदस्यहरूले असन्तुलित र व्यक्तिगत कुण्ठाले भरिपूर्ण भनेका छन् । स्रोतका अनुसार पार्टीको आन्तरिक समस्या, माओवादीप्रतिको दृष्टिकोण र सरकारको नेतृत्वबारे अध्यक्ष खनालको प्रतिवेदन असन्तुलित भएका कारण त्यसलाई परिमार्जन गर्न सदस्यहरूले माग गरेका छन् । 

बुटवल महाधिवेशनपछि  एमालेमा स्पष्ट रूपमा दुई ध्रुव देखापरेको  थियो । अध्यक्षमा पराजित बन्न पुगेका नेता केपी ओली विजेता अध्यक्ष खनाल र माओवादीमाथि आक्रामक बन्दै आएका छन् । ओलीले महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन कार्यदिशा र विधान आफ्नो अनुकूल तोडमोड गरी प्रकाशन गरेको आरोप लगाएका छन् । स्रोतका अनुसार बैठकमा बोल्ने सदस्यहरूले पार्टीको आन्तरिक समस्या समाधान गर्न अध्यक्ष खनाल जिम्मेवार नभएको र उनको प्रतिवेदनले पार्टीलाई माओवादीको नजिक पु¥याउन खोजेको आरोप लगाएका छन् ।

अध्यक्ष खनालले राजनीतिक सहमतिका लागि सबै दलले त्याग देखाउनुपर्ने र आवश्यक परे एमाले सत्ता त्याग्न पनि तयार रहेको पटक पटक बताउँदै आएका छन् । पोलिटब्युरो बैठकमा वक्ता सदस्यहरूले अध्यक्षले प्रयोग गरेको त्यागको प्रस्तावको अर्थ स्पष्ट पार्न समेत माग गरेका छन् ।            

वर्ष ५, अंक १३, २०६६, मंसिर १५–२१

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्