ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना राहत कोषमा एलआरआई स्कुलको १ लाख सहयोग

२०७६ चैत, १९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता


चैत २०, काठमाडौं । काठमाडौंको कलंकीस्थित लर्निङ रियल्स इन्टरनेशनल (एलआरआई) स्कुलले  नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा रू.१ लाख सहयोग गरेको छ ।

शैक्षिक गूठी अन्तर्गत सञ्चालित उक्त स्कुलले कोरोना रोकथाम अभियानका लागि  सहयोग पुगोस् भनेर  उक्त रकम जम्मा गरेको हो । सहयोग रकम थोरै भए पनि यसले राष्ट्रलाई आपत परेका बेला केही सहयोग पुग्ने विद्यालयका संस्थापक शिवराज पन्तले बताए । 

यस अघि पनि थुप्रै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको विद्यालयका लेखा प्रमुख दीपक जोशीले जानकारी दिए  ।

यस्तै विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट मार्फत १५ हजार थान सर्जिकल ग्लोव तथा मास्क सरकारलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्