ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उद्योग परिसंघद्वारा प्रदेश सरकारमार्फत राहत सहयोग

२०७६ चैत, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, नेपाल उद्योग परिसंघले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिलाई  सामना गर्न  संघ, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि खाद्य सामग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको बताएको छ ।

परिसंघले बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै  दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन प्रयास भइरहेको पनि बताएको छ ।

सोही क्रममा  बिहीवार एक कार्यक्रमकाबीच सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामग्री हस्तान्तरण गरेका छन् ।

त्यस्तै बिहीवार नै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेका छन् ।
दुवै  प्रदेश सरकार प्रमुखलाई दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामग्री रहेका एक– एक हजार थान प्याकेटहरु हस्तान्तरण गरिएको थियो ।

बिहीवारनै प्रदेश नं २ र काठमाडौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत त्यस्ता सामग्री हस्तान्तरण गरिएको परिसंघले बताएको छ । नेपालका सवै प्रदेशहरुमा क्रमश : यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने  उसले बताएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरससँग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत स्वास्थ्यकर्मि, आपत्कालीन व्यवस्थामा खटिएका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सवैलाई आत्मसंयम बनाई राख्न नेपालको निजी क्षेत्र तथा परिसंघ सवैमा आग्रह गर्न चाहन्छ  भनिएको छ ।

साथै उसले दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन सवैमा आग्रह समेत गर्दछौं भनेको छ । 

साथै विज्ञप्तिमा उसले विषम परिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिन तथा सोको आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न पनि भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्