ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ब्रिटानियाले दियो नारायणी अस्पताललाई पीपीई 

२०७६ चैत, १९  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, वीरगञ्ज । ब्रिटानिया नेपाल प्रालिले वीरगञ्जस्थित नारायणी अस्पताललाई कोरोना उपचारको लागि आवश्यक पर्सनल प्रोटेक्सन इक्विपमेण्ट (पीपीई) उपलब्ध गराएको छ । 

ब्रिटानियाका महाप्रबन्धक प्रवोध खेरले बिहीवार अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदनकुमार उपाध्यायलाई ३० थान पीपीई हस्तान्तरण गरेका हुन् । 

कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको महाप्रबन्धक खेरले बताए । 

उपचारमा संलग्न स्वास्थ्यकर्मीको व्यक्तिगत स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी कम्पनीले पीपीई प्रदान गरेको हो । कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नभई नहुने पीपीईको अभावलाई ध्यानमा राखेर यो सामग्री दिइएको जानकारी  उनले बताए ।

मेडिकल सुपरिटेण्डेण्ट उपाध्यायले ब्रिटानियाले पीपीई उपलब्ध गराएर सराहनीय कार्य गरेको बताए । कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पीपीई अभाव भएको उनले बताए ।

 यस्तो अवस्थामा यस्तो सामग्री उपलब्धहुँदा केही सहज भएको भनाइ उनको थियो । उनले अस्पतालको आइसोलेशनमा अहिले कोरोना आशंकाका ३ जना बिरामीको उपचार भइरहेको जानकारी पनि दिएका छन्  ।  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्