arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

रत्न तथा आभूषण प्रदर्शनी मेला शुरू 

२०७६ पौष, २७  
विविध
Image Not Found

काठमाडौं । तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० शनिवारदेखि शुरू भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गरे ।

नेपाल रत्न तथा आभूषण संघद्वारा आयोजित उक्त प्रदर्शनीमा २६ ज्वेलर्स कम्पनीका उत्पादन राखिएका छन् ।

सुनचाँदी, हीरा जवाहरात आदि बहुमूल्य धातु तथा रत्न पत्थर आदिका गहनाको कारोबार व्यवस्थित गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्मको पहुँच बढाई निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सृजना, राजस्व आदिको माध्यमबाट अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइएको छ ।

व्यावसायिक हक, हितको संरक्षण गर्ने, स्वदेशी रत्न पत्थर एवं खनिज पदार्थको उत्खनन, प्रशोधन गर्न पनि योगदान पुग्ने विश्वास गरिएको छ ।  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्