ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धरानमा तरकारीको आयात बढ्दै : दैनिक ८० टन आयात

२०७६ चैत, १९  
प्रदेश ०१
Image Not Found

चैत २०, धरान । लकडाउनको समयमा पनि धरान कृषि उपज बजार स्थलबाट दैनिक ८० टनभन्दा बढी तरकारीजन्य वस्तु आयात भइरहेको छ । तरकारी लगायतका वस्तुलाई आयात तथा निर्यातमा केही खुकुलो भएकाले पनि धरानमा तरकारी आयात बढ्दै गएको हो ।

लकडाउन शुरु भएको पहिलो र दोस्रो दिनका आयात कम भए पनि चौंथो र पाँचौं दिन ठप्प नै भएको थियो । त्यस पछिका दिनदेखि भने दैनिक ५० टनका दरले तरकारी आयात हुने गरेको थियो । अहिले भने दर बढेर दैनिक ८० टन तरकारी आयात हुन थालेको छ । अहिले कृषि बजारमा दैनिक ३२ लाख बराबरको कारोबार भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । 

यत्तिका धेरै तरकारी कृषि उपज बजारमा आयत भए पनि दैनिक ५० टनका दरले तरकारी निर्यात पनि भइरहेको छ । लकडाउनको बेलामा सर्वसाधरणले तरकारीमा कालो बजारी भएको भन्ने गुनासो गरे पछि धरान उपमहानगरपालिकाले वडा वडामा लगेर तरकारी आपुर्तिलाई सहज बनाउने निर्णय गरेको थियो । 

त्यसपछि धरानमै ५० टन तरकारी खपत भइरहेको व्यावस्थापक भट्टराईले बताएका छन् । धरान उपमहानगरपालिकामा केही दिन अघि बसेको बैठकले कृषि उपजबजार स्थल धरानको संयोजकत्वमा गठन भएको तरकारी विक्री वितरण उप समितिले अहिले धरानका वडामा जनप्रतिनिधिहरुसंग सहकार्य गरेर तरकारी सर्वसाधरणलाई सहजरुपमा विक्री वितरण गरिरहेको छ ।

धरानका विभिन्न वडाहरुमा खुद्रा पसलहरुले पनि वडाको सिफारिसमा तरकारी बेच्न  पाउने भएपछि अहिलेसम्म धरानका विभिन्न वडाले ५० भन्दा बढी पसललाई सिफारिस गरेर कृषि बजार पठाइसकेको छ । लकडाउनको बेलामा पनि तरकारीको सहज आयत भइरहेकोले तरकारीजन्य वस्तुमा कुनै समस्या नहुने बताइएको छ ।

अरुबेलाको तुलनामा लकडाउनको बेला तरकारीजन्य वस्तु आयतमा निकै समस्या भएको तरकारी व्यापारी शिवप्रसाद रोइलाले बताए । उनले भने, ‘तरकारी बोकेर आउने गाडीलाई अनावश्यक प्रहरीले दुःख दिने गर्छन् । कृषि बजारले दिएको पास देखाउदा पनि दुःख दिने गरेकोले प्रहरीको तरकारी बोक्ने गाडीलाई गर्ने व्यावहार फेरिनु पर्‍यो ।’ 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्