ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनएमबि बैंकद्वारा कोरोना कोषमा रू. १ करोड ५१ लाख योगदान

२०७६ चैत, २०  
शेयर / बैङ्किङ गतिविधि
NA


काठमाडौं (अस) । एनएमबि बैंकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न रू. १ करोड ५१ लाख सहयोग गरेको छ । उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बिहीवार प्रधानमन्त्री कार्यालयलाई हस्तान्तरण गरेका छन् । 

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु शुरू गरेको सीईओ केसीको भनाई छ । साथै बैंकको मोबाइल बैंकिङ संरचना अन्तर्गतको क्यूआर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गर्ने घोषणा यसअघि नै बैंकले गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्