ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

डेटा सुरक्षामा प्रश्न

२०७६ चैत, २०  
पाठक विचार
NA

कुनै आईटी कम्पनीले आफूले बनाएको वेबसाइटभित्र छिटेर समाचार डिलिट गराएको घटनाले आईटी कम्पनीप्रति अविश्वास बढेको छ । विभिन्न बैंकहरूको डेटासँग यिनीहरूको पहुँच छ । अनलाइन भुक्तानी गर्ने कम्पनीसँग आबद्ध समूहले अनधिकृत रूपमा डेटा चोरी गर्ने आशंकामा अहिले मोबाइल वालेट प्रयोगकर्ता सशंकित हुन थालेका छन् । यसै पनि मानिसहरू प्रविधि प्रयोग गर्न डराउँथे । यो घटनाले विद्युतीय भुक्तानी अब झनै घट्नेछ । डेटा सुरक्षाका लागि सरकारले काम नगर्दा यस्तो असुरक्षा बढेको हो जसले गर्दा डिजिटल नेपालको कल्पना गफमात्रै बन्ने सम्भावना बढेको छ ।

मोहित चालिसे
कपन, काठमाडौं । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्