दूध विक्री नभएको भन्दै किसानहरूले दूध भुइँमा पोखेको समाचारले मेरो ध्यान आकृष्ट गर्यो । दूध नबिक्दैमा पोख्नैपर्ने हो र ? लकडाउनपछि दूधको खपत घटेको छ । दूधलाई ग्राहकसमक्ष पुर्याउन पनि गाह्रो भएको छ । तर, दूधबाट बन्ने अनगिन्ती प्रकार छन्, जुन तुरुन्तै बिग्रँदैन । त्यतातिर नलागेर दूध पोख्नु भनेको गलत नै हो । किसान, सहकारी र डेरीले गरी ४० हजार लिटरभन्दा बढी दूध फ्याकेको बताइन्छ । यो दूधबाट घ्यू निकालेको भए हुन्थ्यो । पनीर बनाएर पनि बेच्न सकिन्छ । खान नपाएका मान्छेलाई सित्तैमा बाँडिदिए पनि यो लकडाउनका बेला उपकारै हुन्थ्यो । यी उपाय हुँदाहुँदै दूध खेर फाल्नु त प्रचारबाजीजस्तो मात्रै देखिन्छ ।
दिवस कोइराला
मण्डिखाटार, काठमाडौं ।