ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

ज्यालादारीका मजदूरलाई खानाको व्यवस्था गर्दै प्रदेश २ सरकार

२०७६ चैत, २०  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशभरका गरीब तथा दैनिक ज्यालादारीमा खट्ने मजदूरलाई खानाको व्यवस्था गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आइतवार सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका विपन्न मजदूरको जीवन रक्षाका लागि सरकारको तर्फबाट खाना उपलब्ध गराउने निर्णय गरेको हो ।

स्थानीय तहहरूसँग समन्वय गरेर तत्कालका लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्थाहरू सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको छ । साथै कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सकको जीवन बीमाका साथै शतप्रतिशत प्रोत्साहन भत्ता समेत दिइने भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्