ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना जनसुरक्षा कोषमा रू. ११ करोड जम्मा 

२०७६ चैत, २०  
प्रदेश ०१
NA


विराटनगर (अस) । प्रदेश १ सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’मा रू. ११ करोड २१ लख ९५ हजार ९४४ जम्मा भएको छ । विहीवार थप रू. २१ लाख १ हजार थपिएसँगै कोषमा उक्त रकम जम्मा भएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको कोरोना सूचना डेस्कले दिएको जानकारी अनुसार कोषमा कुमारी बैंकले रू. १० लाख, माछापुच्छ्रे बैंकले रू. ५ लाख, गरिमा विकास बैंकले रू. ५ लाख र निर्माण व्यवसायी संघ मोरङले रू. १ लाख १ हजार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

यस्तै नेपाल उद्योग परिसंघले रू. ११ लाख बराबरको खाद्यान्न सामग्री प्रदेश सरकारलाई उपलब्ध गराएको छ । परिसंघको तर्फबाट चामल, दाल, नुन, तेल र चिउरासहितको खाद्यान्न सामग्री प्राप्त भएको कार्यालयले बताएको छ । 

यस्तै एनआईसी एशिया बैंकले पनि रू. ५ लाख बराबरको खाद्यान्न सामाग्री बिहीवार प्रदेश सरकारलाई हस्तान्तरण गरेको बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्