ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोरोना उपचार कोषमा एकै दिन अर्बभन्दा बढी रकम जम्मा 

२०७६ चैत, २०  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बिहीवारसम्ममा अर्बभन्दा बढी रकम जम्मा भएको छ । अर्थ मन्त्रालय, सूचना प्रविधि तथा सञ्चार मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका निकाय तथा कम्पनीहरूले बिहीवार मात्र कोषमा रू. १ अर्ब २१ करोड रुपैयाँ जम्मा गरेका छन् । 

सरकारी कोषमा सबैभन्दा बढी सहयोग नेपाल आयल निगमले गरेको छ । उसले रू. ५० करोड सहयोग गरेको हो । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिरकणले रू. १५ करोड र नेपाल टेलीकमले रू. १२ करोड रकम सहयोग गरेका छन् । 

कोषमा बीमा समितिले रू. ५ करोड, नेपाल धितोपत्र बोर्ड रू. ३ करोड, कर्जा सुरक्षण कोषले रू. ३ करोड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रू. ३ करोड ५१ लाख सहयोग गरेका छन् । 

त्यस्तै, सीडीएस कम्पनीले रू. ३५ लाख, राष्ट्रिय बीमा कम्पनीले रू. २ करोड, राष्ट्रिय बीमा संस्थानले रू. १ करोड, नेपाल पुनर्बीमा कम्पनीले रू. १ करोड ११ लाख, नागरिक लगानी कोषले रू. २ करोड र कर्मचारी सञ्चय कोषले रू. ५ करोड सहयोग प्रदान गरेका छन् । 

यस्तै, नेपाल बैंकर्स संघले रू. २० करोड रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । नेपाल पे्रmड फरवार्डर्स एशोसिएशनले रू. ७ लाख ६ हजार सहयोग गरेको छ । रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको बताउँदै कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व नै संकटमा परेका बेलामा नेपालाई त्यो लडाइँ लड्न थप सहयोगी हात चाहिने बताए । कोषका सदस्य सचिव नारायणप्रसाद बिडारीले यो रकम कोरोना भाइरससम्बन्धी कार्यमा खर्च गरिने बताए । यदि कोषमा रकम बाँकी रहेमा प्रधानमन्त्री दैवी उद्धार कोषमा जाने उनको भनाइ छ ।

प्रतिक्रिया [1]
User Image

Nayabichar

[Apr 3, 2020 01:36am]

Aru desh ma sarkarle janata Lai rahat dinxa. Nepalma vrastachar garne meso milaune Kam matra hunxa. Jati pardarsi vane pani pm kos ma Jane vaneko tyo milayera khanxa.


प्रतिक्रिया दिनुहोस्