ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनले राष्ट्र बैंकको लगानी प्रभावित

२०७६ चैत, २०  
समाचार
Image Not Found


काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकको रू. १ अर्ब ९५ करोड १२ लाख लगानी प्रभावित बनेको छ । १ वर्षे मुद्दती निक्षेपमा जारी गरेको उक्त मुद्दती योजनामा कुनैपनि बैंक तथा वित्तीय संस्था सहभागी भएका छैनन् । चैत १० गतेसम्म मुद्दती निक्षेप लिन कसैको सहभागीता नभएपछि पुनः चैत १९ गते (बुधवार) सम्मका लागि लगानीको सूचना जारी गरेको थियो । 

तर, कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले देशभर लक डाउन (बन्दाबन्दी) गरेपछि कुनैपनि शिलबन्दी दरभाउपत्र प्राप्त नभएको राष्ट्र बैंकले बताएको छ । यसबीचमा अधिकांश बैंकका केही शाखा कार्यालयमात्र सञ्चालनमा छन् । केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको उक्त रकम २०७७ बैशाख २ गतेदेखि २०७८ बैशाख १ गतेसम्ममा लगानी गर्न सूचना जारी गरिएको थियो । 

केन्द्रीय बैंकले कुल लगानीमध्ये वाणिज्य बैंकहरूमा रू. १ अर्ब ५६ करोड ११ लाख र विकास बैंकमा रू. २९ करोड २६ लाख तथा अन्य वित्त कम्पनीमा रू. ९ करोड ७५ लाख लगानी गर्ने बताएको छ । ३६६ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रूपमा व्याज भुक्तानी हुने बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्