ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तथ्यांकोवाच : जर्मनीमा रू. १५ अर्ब २० करोडको सुतीका झोला र बोराको आयात बजार

२०७६ चैत, २०  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । जर्मनी युरोपमा सुतीका झोला र बोरा खपतका लागि प्रमुख गन्तव्यका रूपमा रहँदै आएको छ । सन् २०१८ मा जर्मनीले कुल १३ करोड ६० लाख अमेरिकी डलर (रू. १५ अर्ब २० करोड) बराबरको सुतीका झोला र बोरा आयात गरेको छ । जर्मनीले इयू सदस्य मुलुक, यूएसए र चीनबाट सुतीका झोला र बोरा आयात गर्दै आएको छ । यही सन्दर्भलाई दृष्टिगत गर्दै नेपालले पनि उपयुक्त रणनीति अंगीकार गर्ने हो भने जर्मनीको सुतीका झोला र बोरा बजारमा महत्वपूर्ण स्थान प्राप्त गर्न सक्ने सम्भावना रहेको छ । यसका लागि जर्मनीको सहकार्यमा सुतीका झोला र बोरा उत्पादनका लागि नेपालमा लगानी अभिवृद्धि गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकेको खण्डमा जर्मनीको बजार प्राप्त भई नेपाली सुतीका झोला र बोरा क्षेत्रमा ठूलो कायापलट आउने निश्चित छ । यसका लागि नेपालमा उत्पादित उच्चकोटीका गुणस्तरयुक्त विशेष सुतीका झोला र बोरा निर्यात गर्ने रणनीति अंगीकार गर्नु आवश्यक देखिन्छ । नेपाली सुतीका झोला र बोरालाई जर्मनीमा शून्य भन्सार दरको सुविधा प्राप्त छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट करीब रू. ४३ करोड मूल्य बराबरको सुतीका झोला र बोराहरू विदेश निर्यात भएको पाइन्छ । यस अवस्थामा स्वदेशमा गुणस्तरीय उत्पादनमा वृद्धि गर्न सक्ने हो भने नेपाली सुतीका झोला र बोराले जर्मनीमा राम्रो बजार पाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्