ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

राष्ट्रिय बीमा कम्पनीले कोरोना कोषमा दुई करोड सहयोग गर्ने

२०७६ चैत, २०  
समाचार
Image Not Found

चैत २१, काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रू. दुई करोड सहयोग गर्ने भएको छ । 

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिए । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर संघीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उनले बताए । 

कम्पनीले संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा रू. एक करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा रू. पाँच लाखका दरले रू. ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्