ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

छैटौं संक्रमित : कोरोनाको डरले बेल्जियमबाट १५ दिनमै फर्केकी थिइन् वृद्धा महिला

२०७६ चैत, २०  
गण्डकी प्रदेश
NA
author avatar अर्जुन कार्की

चैत २१, बागलुङ । बेल्जियमबाट गत चैत्र ४ गते दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ विमानमा सवार एक महिलालाई भाइरसको संक्रमण भएको पुष्टि भयो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो भने बागलुङमा २ पुगेको छ ।नेपालका पाँचौं र छैटौं दुवै संक्रमित व्यक्ति बागलुङका हुन् । छैटौं संक्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला कान्छी छोरीलाई भेट्न बेल्जियम पुगेर फर्किएको खुलेको छ । 

छोरीसँग भेटका लागि १ महीनाको भिसामा बेल्जियम पुगेकी उनी १५ दिन मात्र बसेर नेपाल फर्किएकी थिइन् । द

मको रोगी रहेकी उनी कोरोनाको सन्त्रासले घरपरिवारको सल्लाहमा १५ दिनमै नेपाल फर्किएको परिवार स्रोतले बताएको छ । बागलुङका दुवै संक्रमित बेल्जियमबाट सँगै आएका हुन् । चैत ४ गते विमानबाट काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनीहरू सीधै आन्तरिक विमानस्थलमा ट्याक्सीमा गएका थिए ।

उनीहरूलाई ल्याउन बागलुङबाट छैटौं संक्रमित वृद्धाका जेठा ज्वाइँ गएका थिए । चैत १० गते उनीहरू सवार विमानमा सवार काठमाडौंकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बागलुङकी १९ वर्षीया युवतीको पहिले परीक्षण गरिएको थियो ।

उनलाई ज्वरो र खोकी लागेको कारण पहिले परीक्षण गरिएको थियो भने वृद्धा महिलालाई कुनै लक्षण नदेखिएपछि नमूना परीक्षण गरिएको थिएन ।


उनीसँगै आएकी युवतीमा चैत १५ गते संक्रमण देखिएपछि वृद्धाको नमूना परीक्षणका लागि मंगलवार स्वाब काठमाडौं पठाइएको थियो । शुरूमा लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा बसेकी वृद्धा महिलालाई एक्कासि भाइरसको लक्षण देखिएपछि घरपरिवार नै अच्चममा परेको उनका छोराले बताए ।

‘संक्रमण देखियो भन्दा पत्याउन नै गाह्रो पर्‍यो,’ उनले भने, ‘स्वास्थ्यकर्मीले नै फोन गरेर संक्रमण देखिएको भनेपछि विश्वास लाग्यो ।’संक्रमित वृद्धलाई बिहीवार राति धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

उनलाई अस्पतालमा ल्याउन स्वास्थ्यकर्मीलाई त्यति सजिलो भने भएन । बिरामी ल्याउन राखिएको एम्बुलेन्सका चालक नै राति फरार भएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले कार्यालयको एम्बुलेन्सका चालकलाई लगेर बिरामी ल्याएका थिए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्